सनराइज बैंकले विभिन्न विद्यालयहरूमा प्रदान गर्‍यो प्याड एटिएम

काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयमा प्याड एटीएम उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीलाई लक्षित गरी प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ ।

विद्यालयहरुमा व्यवस्थित शौचालय र सेनेटरी प्याडको व्यवस्था नहुँदा विद्यालयमा अध्ययनरत छात्राहरु विद्यालय जान हिचकिचाउने गरेको पाइएकोले उक्त समस्या समाधानका लागि प्याड एटीएम वितरण गरिएको बैंकले जनाएको छ । विद्यालयमा अध्ययनरत छात्रा एवम् महिला कर्मचारीहरुको स्वास्थ्य एवम् शसक्तिकरणलाई मध्यनजर राखेर विभिन्न विद्यालयहरुलाई अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरिएको बैंकको भनाइ छ ।

एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनबाट महिलाकर्मचारी एवम् छात्राहरुलाई आवश्यक परेको समयमा सहजै प्याड लिन सकिने वातावरणको सिर्जना गरिएको बैंकले जनाएको छ ।

काठमाडौंको लैनचौरमा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयमा एक थान प्याड एटीएम र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

यसैगरी ललितपुरको एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लयागतका स्थानहरुमा पनि उक्त मेसिनहरु हस्तान्तरण गरिसकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस