आदि पुरुषकाे कमाइ घट्याे

काठमाडौं । नकारात्मक ‘वर्ड अफ माउथ’ ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ आदिषुरुष चलचित्र । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोमबार  हिजाे मात्रै यसले भारतमा ९ देखि १० करोड कमाएको जनाइएको छ । यो गिरावट शुक्रबारको कमाइको तुलनामा ७३ प्रतिशत हो । फिल्मको कथा वस्तुलाई लिएर छिमेकी मुलुक नेपालमा विरोध प्रदर्शन र आलोचना समेत भएको थियो । यसै कारण कमाइमा गिरावट आएको अनुमान लगाउन सकिन्छ ।

भारतमा विश्वविद्यालय, स्कुललगायत अन्य संस्थाबाट उच्चस्तरमा बुकिङ भएपछि यसले पहिलो सप्ताहामा नै राम्रो कमाइ गरेको थियो । तर वर्ड अफ माउथ नकारात्मक आएपछि कमाइमा उच्च गिरावट आएको छ । ‘आदिपुरूष’ले शुक्रबार पीभीआर, आइनक्स र सिनेपोलिसमा कमाएको १५.४५ करोड भारूको तुलनामा सोमबार यो कमाइमा गिरावट आएर ४.५० करोड भारू हुने प्रक्षेपण गरिएको छ । यो गिरावट मास-बेल्ट क्षेत्रका हलमा समेत देखिएको छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार आगामी दिनमा गिरावट अझै आउन सक्छ, किनभने सोमबारको उक्त तथ्यांक फिल्मलाई लिएर कौतुहलता मानेका दर्शकले हेरेर प्राप्त भएको थियो । तर अब यो आक्रोश देशव्यापी रूपमा फैलिएको छ ।

खासगरी हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाले यस फिल्मको बिषयवस्तु बारेमा विरोध गरिरहेका छन् । संवाद र पात्रहरूलाई गलत रूपमा चित्रण गरिएको भन्दै नेपालमा विरोध भएको थियो । सोमबार हिजाेसम्म फिल्मले भारतमा करिब ११३ करोड भारू कमाई गरेको थियो । पहिलो साताको समाप्तिसम्म फिल्मले १३० देखि १४० करोड भारू कमाउने प्रक्षेपण गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस