काठमाडौं । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा बिदा दिएको हो । रुकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको हो ।
मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन् । भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ ।
तपाईंको प्रतिकृया




