धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

एजेन्सी । घट्दो जनसङ्ख्या वृद्धिदरको सामना गरिरहेको जापानले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति लिएको छ । सरकारले आफ्ना नागरिकहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति लिएको हो ।

पछिल्ला वर्ष बुढ्यौली जनसङ्ख्याको ओरालो यात्रा र जन्मदरको घट्दो क्रमसँग जुधिरहेको जापानले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने गरी सहायता प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए । घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् ।

यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने लगायत समावेश छ । प्रधानमन्त्रीले देशमा कर नबढाई यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । तर कतिपय विश्लेषकहरूले भने यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशङ्का जताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस