जहाजमा चुरोट तान्ने पुरी विमानस्थलबाट पक्राउ

काठमाडौँ । उडिरहेको कोरियन एयरको जहाजभित्र चुरोट सेवन गर्ने एक जना यात्रु पक्राउ परेका छन् । बुधबार दक्षिण कोरियाको सियोलबाट काठमाडौँका लागि उडेको कोरियन एयरको ०६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेबित्तिकै पुरीलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो । पुरीले उडिरहेको जहाजको ट्‍वाइलेटमा चुरोट सेवन गरेका थिए । चुरोट सेवन गरेको पाइएपछि पाइलटले काठमाडौँमा रहेको एयर ट्राफिक कन्ट्रोल (एटिसी)लाई खबर गरेका थिए। एटिसीले लगत्तै विमानस्थल प्रहरीलाई खबर गरेको थियो ।

‘कोरियन एयरलाइन्समा चुरोट खायो भनेर फ्लाइटबाटै जानकारी आएको थियो। काउन्टरले खबर आएको छ भने अवतरण भएपछि हामी गयौं त्यसपछि पत्रसहित बुझाएकाले हामीले आरोपीलाई नियन्त्रणमा लियौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीलेले भने । पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री