काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने भएको हो ।
मौसमविद् विनु महर्जनका अनुसार यसपालि मनसुन केही ढिला हुने देखिएको छ । ‘सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ । मनसुन सक्रिय नभएकाले पनि गर्मी बढेको हो,’ उनले भनिन् ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने बताएको छ । तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
तातो दिन तथा लू सम्बन्धी बुलेटिन :-






