वर्षातका तीन महिना देशभर सडक खन्न नपाइने, जबर्जस्ती गरे कारबाही

काठमाडौँ । वर्षातका तीन महिना देशभरका सडक खन्न रोक लगाइएको छ । सडक विभागले बिहीबार सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको हो ।

विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले भाद्र मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन-२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री