काठमाडौं । हिमालयन बैंकले मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गत विमेन फेडेरेशन फर वल्र्ड पिस नेपालमा आवद्ध तथा समाजका विविध क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्रीय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । साे कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता रहेकाे थियो ।
मिट एण्ड ग्रेट श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम भएकाे वतार्इएकाे छ । साे समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले बैंकिङ्ग क्षेत्रलाई प्रयोग गरेर संबृद्धि हासिल गर्नेतर्फ महिलाहरु अगाडि बढ्नुपर्ने धारणा राखे । राणाले महिला वित्तिय साक्षरता अभियानलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाइनुपर्ने खाँचो औंल्याउँदै नेपालको आर्थिक संबृद्धिका लागि बैंक तथा वित्तिय संस्थामा महिलाको पहुँच बढाउनु पर्ने वताए ।
कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतहरुले वित्तीय साक्षरता तथा आधारभूत बैंकिङ्ग अन्तर्गत बैंकमा खाता खोली बचत गर्ने तथा अन्य बैंकिङ्ग सेवा सुविधाहरु उपभोगको प्रकृयाको सम्बन्धमा अन्तर्कृयात्मक कार्यक्रम सञ्चालन गरेका थिए । बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले सहभागीहरुसंग अन्तर्कृया गर्नुका साथै अाफ्नाे उत्प्रेरक मन्तव्य ब्यक्त थिए ।
प्रतिकृया दिनुहॊस