क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । आइएमई डिजिटल सोलुसनको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ।

सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

सो सम्झौता अन्तर्गत ग्राहकले स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने बताइएको छ।

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरूले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरू सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री