मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की मोडेल हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यू रोडमा रहेको कास्की मोडेल हस्पिटलसँग छुट सम्झौता गरेको छ।

यस सम्झौता पछि बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलमा विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री