देशभर थपिए २४ कोरोना सङ्क्रमित, १५ जना सङ्क्रमणमुक्त

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बिहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस