श्रीमतीको हत्या गरी सेफ्टी ट्यांकीमा फाल्ने श्रीमान् काठमाडाैंबाट पक्राउ

काठमाडौं । फागुन तेस्रो साता कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा श्रीमतीको हत्या गरी फरार एक युवक काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका-६ फगाम स्थायी घर भएका ३९ वर्षीय गर्भे विकलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको हो । विकले २६ वर्षीया श्रीमती केशुको हत्या गरी सेफ्टी ट्यांकीमा फ्याँकेर भागेका थिए ।

प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि विकलाई वडा प्रहरी कार्यालय चन्द्रौटा पठाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी : छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेश बनाउन आज बैठक …

प्रतिकृया दिनुहॊस

This will auto close after