कामीरिताको नयाँ किर्तिमान, २७औं पटक सगरमाथा चुचुरोमा

काठमाडौँ । आरोही कामीरिता शेर्पाले २७औँ पटक सगरमाथाको आरोहण गरेका छन् । उनले बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

कामीरिताले यसअघि २६औँ पटकको आफ्नै किर्तिमान तोडेर २७औँ पटक सगरमाथाको सफल आरोहण गरेको नयाँ किर्तिमान बनाएका छन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६, २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री