थप २१ जनामा संक्रमण पुष्टि, ११२ सक्रिय संक्रमित

काठमाडौं । थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५२ र एन्टिजेनबाट ८३९ नमुना परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा २२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री