नेपाल बैंकले हस्तान्तरण गर्‍यो विद्यालय भवन

काठमाडौं । नेपाल बैंकले बाराको चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभूत विद्यालय शुक्रबार हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको आर्थिक सहयोगमा उक्त विद्यालय भवन निर्माण भएको हो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा.पा. का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रदिप कुमार पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

परवानीपुर गा.पा. का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी प्रमुख अतिथि र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा परवानीपुर गा.पा. का उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, परवानीपुर गा.पा. वडा नं. ४ का अध्यक्ष गम्भीरा राउत कुर्मी तथा विद्यालयका प्रधानाध्यापक मदन प्रसाद कुर्मी विशेष अतिथिको रुपमा रहेका थिए ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताए ।

साथै २०७५ चैत्र १७ गते हावा हुण्डरी (टोर्नाडो) ले यस विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको समाचार प्राप्त हुनासाथ बालबालिकाहरुलाई अध्ययनमा पुग्न सक्ने बाधा व्यवधानलाई मध्यनगर गरी तत्काल प्रक्रिया अगाडि बढाइएको र २०७६ वैशाख २९ मा बैंकद्वारा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको समेत जानकारी गराए । उनले विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी तथा सम्मानित हुन पाउँदा हर्षित रहेको धारणा व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस