ढाकाकुमारको मुद्दामा अल्पकालीन अन्तरिम आदेश, तत्काल सांसद पद नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेका सांसद डा ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निलम्बनसहित सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने रास्वपाको निर्णयविरूद्ध श्रेष्ठले रिट दिएका थिए । भने, श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न समेत माग गरेका थिए । श्रेष्ठले मन्त्री बन्नका लागि झापाका मेडिकल व्यवसायि दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो । यसै उपर रास्वपाले उनको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस-एमाले मिलेको …

प्रतिकृया दिनुहॊस