यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने

काठमाडौँ । यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

यससम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु.१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब …

प्रतिकृया दिनुहॊस