ढाकाकुमारले सर्वोच्चमा दिएको रिटमा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको रिटमा आज सुनुवाइ हुने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठले आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको आज सुनुवाइ हुने भएको हो ।

उनले दिएको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुने भएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समिति केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँ समेत र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समिति केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँ समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईँसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस