शरणार्थी प्रकरण सिविआईलाई जिम्मा लगाउन एमाले महासचिवको अनुरोध

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् । नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।

‘नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकि दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री