काठमाडौँ । नेपाली बजारमा एकैदिन १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ । गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
तपाईंको प्रतिकृया




