काठमाडौँ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् ।
उनको आजै साढे १२ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण कार्यक्रम हुँदैछ । आचार्य मन्त्री बनेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।
तपाईंको प्रतिकृया




