संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अपर अरूण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार उक्त हेलिकोप्टर संखुवासभाको भोटखोला गउँपालिका ४, सिप्रुङमा दुर्घटनामा परेको जानकारी आएको छ । हेलिकोप्टरमा ४ जना सवार रहेको बताइएको छ ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बाँकी विरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री