तीन क्यामेरायुक्त सामसुङको ५ जी मोबाइल

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ५० एमपीको तीन क्यामेरा, छ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरसाथ अन्य धेरै विशेषता भएको ग्यालेक्सी एम १४, ५ जी मोबाइल बजारमा ल्याएको सामसुङ नेपाल मोबाइल बिजनेसका डाइरेक्टर प्रणयरत्न स्थापितले बताउनुभएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एम १४ मा ५० एमपीका तीन क्यामेरा रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका फोटो खिच्न सक्षम बनाउँछ । सेल्फीका लागि १३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

छ हजार एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ दुई दिनसम्म लगातार चल्न सक्छ भने २५ वाटको तीव्र चार्जिङले छिट्टै चार्ज हुन सक्छ । ग्यालेक्सी एम १४ मा १२ जिबीसम्म र्‍याम क्षमता बढाउन सकिन्छ । विभिन्न कलरमा उपलब्ध छ प्लस १२८ जिबीयुक्त ग्यालेक्सी एम १४ को मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री