कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्। उनलाई उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ को ३६ घ बमोजिम उनलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले कांग्रेसका विभिन्न समितिहरुमा रहेर काम गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री