रविलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालकाअनुसार सोमबारै बस्ने संसदीय दलको बैठकले सो निर्णयलाई अनुमोदन गर्ने तयारी छ । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएर सांसद पद नै गएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए । तर, उपनिर्वाचनमा चितवन २बाट पुनः जितेपछि उनी संसदीय दलको नेता बन्र लागेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after