सुडानमा रहेका नेपालीलाई सरकारले भन्यो- दूतावासको सम्पर्कमा आउनू

काठमाडौँ । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।

उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।

सरकारले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दिपक घिमिरे, द्वितीय सचिव,मोबाइल-वाट्सएप:२०१०९७७७२३४८,०२१०२९६०६६६२, इमेलः भयलअबष्चय२mयाब।नयख।लउ) मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप