ऋण नतिर्न अभियान चलाउनेहरूविरुद्ध मुद्दा चलाउने सिबिफिनको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप गरे जो कोहीविरुद्ध मुद्दा चलाएर कारबाही प्रक्रियामा जाने भएको छ। सिबिफिन कार्यसमितिको चौंथो बैठकले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप समेत हुने गरेको निष्कर्ष निकाल्दै अबदेखि मुद्दा चलाउने निर्णय गरेको हो ।

बैंकको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीविरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहबाट विगत केही समयदेखि निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरुको सम्बन्धमा यस्तो निर्णय गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै सिबिफिनले भनेको छ ‘अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक, वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, भ्रम सिर्जना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुनको अधिनमा रही हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिइनेछ ।’

बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस