सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस