रविजीलाई रोजेकै मन्त्रालय दिन अहिले सहज छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन अहिले सजिलो नरहेको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पारेका हुन् ।

‘उहाँले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुंगो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन,’ प्रधानमन्त्रीले भने ।

लामिछानेले यही मन्त्रालय चाहिन्छ भनेर दाबी नगरेको पनि प्रचण्डले बताएका । उनले मन्त्रालय नपाएकै खण्डमा रास्वपाले सरकारको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

प्रतिकृया दिनुहॊस