वर्षाले रोकियो नेपाल र युएईबीचको फाइनल खेल

काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको खेल वर्षाले रोकिएको हो ।

आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । युएईले अहिलेसम्म आफ्ना शीर्ष ५ विकेट गुमाएको छ । खेल रोकिँदासम्म युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ । अहिले युएईका आसिफ खान १५ रन र बसिल हमिद ६ रन बनाएर खेलिरहेका छन् ।

यसअघि युएईका ब्याट्सम्यान रोह मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए । खेलमा नेपाली बलरहरूले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एल एक विकेट लिएका छन् ।

वर्षाले आजको खेल रोकिएमा भोलि खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस