काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी आइतबार नेपाल फर्किएका हुन् ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किए । उनले प्रेस नोट जारी गर्दै आगामी दिनमा आगलागीबाट हुने घटनाहरू कम गर्न नीति निर्माणका तहमा आवाज उठाउने बताए । उनले ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्‚ आगलागीमा परेको कुनै पनि नेपालीले मर्न नपरोस्’ अभियान आफूले सञ्चालन गर्ने लेखेका छन् ।
तपाईंको प्रतिकृया



