सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २-२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकटका बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् । उनले भने ‘अयोग्य लडाकुलाई २÷२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमाबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वाभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु-यो विषयमा के भएको हो यथार्थ जानकारी सदनलाई गराइयोस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपालविरुद्धको तेस्रो टी–२० मा वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी भएको छ । …

प्रतिकृया दिनुहॊस