सानिमा बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको बैंकले बताएको छ ।

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, २५ हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नबिल ढुक्क घर कर्जा’ योजना …

प्रतिकृया दिनुहॊस