उपेन्द्रलाई सिके राउतले दिए बधाई

काठमाडौं । बारा क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन् ।

सामाजिक सञ्जालबाट राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।

‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ’, राउतले लेखेका छन् ।

यहाँ ५०८१ मतान्तरले यादवले जनमतका शिवचन्द्र कुशवाहामाथि जित हात पारेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री