काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुने सन्देश दिएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी हुने उम्मेदवारलाई बधाई दिँदै परिणामले आफूहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका हुन् ।
उनले मतदाताको प्रत्येक मतलाई सम्मान छ भन्दै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुपर्ने बताएका छन् ।
उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना l
परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ l देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ l नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी l आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 26, 2023
तपाईंको प्रतिकृया




