तनहुँ-१ : स्वर्णिम ९ हजार ४४० मतान्तरले अगाडि

काठमाडौँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार वाग्लेले २२ हजार ८२ मत ल्याएका छन् ।

हाल २४ वटा वडाको मतगणना सकिएको छ । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ६ सय ४३ मत ल्याएका छन् । पछिल्लो मत परिणाम अनुसार वाग्ले ९ हजार ४ सय ४० मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४ सय सय ५८ मत ल्याएका छन् । तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ । हालसम्ममा ४३ हजार १० मत गणना भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस