काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले शानदार जित हासिल गरेका छन् । डा. वाग्लेले ३४ हजार ४८० मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।
कांग्रेसका उम्मेदवार भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे । कुल ४२ वडा रहेको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो । मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए । त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहॊस