सन्दीपको मुद्दामा पाँच जनाको बहसपछि सुनुवाइ स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार जनाको बहसपछि इजलासबाटै सुनुवाइ स्थगित भएको जाहेरवालाको तर्फबाट उपस्थित अधिवक्ता शशि अधिकारीले जानकारी दिइन् । जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजी वकिलहरुले सोमबार दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म बहस गरेका थिए ।

‘जाहेरवालाको तर्फबाट थप प्रमाण झिकाउन आदेश माग गरिएको भए पनि इजलासबाट सुनुवाइ स्थगित भएको छ’, अधिकारीले भनिन् । अब अन्तिम सुनुवाइका लागि फेरि अर्को पेसी तोकिने छ । अर्को पेसीमा पुनः जाहेरवालाकै तर्फबाट बहस सुरु हुनेछ ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।

पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस