कंगोमा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो । दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस