तीन प्रतिनिधिसभा सदस्य चुन्न मतदान जारी

काठमाडौँ । निर्वाचन आयोगले तीन वटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको जनाएको छ । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदानस्थलहरुमा एकसाथ मतदान सुरु भएको हो ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा तनहुँ १ को लागि ९ जना, चितवन २ मा २४ जना र बारा २ मा ३६ जना गरी ६९ जना उम्मेदवार चुनावी मैदानमा छन् । सरकारले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ । मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म सार्वजनिक बिदा दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री