अर्थमन्त्रीले बनाए ३ सदस्यीय विज्ञ सल्लाहकार समूह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ क्षेत्रका ३ जना विज्ञलाई प्रमुख आर्थिक सल्लाहकारको रुपमा नियुक्त गर्दै सल्लाहकार समूह निर्माण गरेका छन् । अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुप नियुक्त गरेका हुन् ।

पौडेल र पाण्डेलाई अवैतनीक सल्लाहकारका रुपमा अर्थमन्त्रीले नियुक्त गरेका हुन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक र प्रवक्ताको समेत जिम्मेवारीमा रहेका भट्टलाई भने काजमा मन्त्रालयमा तान्न लागिएको हो ।

राष्ट्र बैंकले सरकारको खास गरी अर्थमन्त्रीको सल्लाहकारको रुपमा काम गर्नुपर्ने वैधानिक प्रावधान छ । त्यसो हुँदा राष्ट्र बैंकका एक प्रतिनिधिलाई अर्थमन्त्रालयले सल्लाहकारको रुपमा नियुक्त गर्ने प्रचलन रहँदै आएको छ ।

पौडेल भने ओजना आयोगको पूर्व उपाध्यक्ष हुन् । उनले आयोगबाट राजीनामा दिएर ४ मंसिरको निर्वाचनमा चितवनबाट कांग्रेसका उम्मेदवार भएर चुनाव लडेका थिए । तर, उनी पराजित भएका थिए ।

त्यस्तै, पाण्डे भने अन्तर्राष्ट्रिय व्यापार मामलाका विज्ञ हुन् । हाल उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds