त्रिभुवन विमानस्थलमा बिहीबार बिहान १ देखि ७ बजेसम्म उडान-अवतरण बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार ६ घण्टा बन्द हुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान-अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गरिने भएकोले उडान र अवतरण बन्द गरिनेछ । यो अवधीमा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छैन ।

‘हामीले विद्युत आपूर्ति ब्याकअपको लागि यूपीएस जडान गर्दै छौं । त्यसको लागि केही घण्टा बन्द गर्नुपर्ने भएर हो । रातिको अन्तर्राष्ट्रिय उडानको तालिका मिलाइसकेको छौं । बिहान चाही अरु समय ६ बजे हुन्थ्यो भोलि एक घण्टा ढिला हुन्छ । त्यसको सूचना सर्वसाधारणलाई दिएको हो । त्यति हो’ महानिर्देशक तिवारीले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाँच वर्षमा चौधरी ग्रुपबाट राज्यको ढुकुटीमा साढे ७६ अर्बको योगदान

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख …

प्रतिकृया दिनुहॊस