बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर सुनको मूल्य बुधबार सामान्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन एक लाख ९ हजार सात सय पचास रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री