३७ जना प्रतिष्ठित व्यक्तित्वलाई ग्यालेक्सि अवार्ड प्रदान

काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ ।

निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो ।

प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष,नेपाल चेम्बर्स अफ कमर्शकी उपाध्यक्ष तथा साल्ट कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,विशिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटा,वरिष्ठ अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,वरिष्ठ समाजसेवी डा.सुशिला मल्ल तथा कार्यक्रमका सभापति क्या.जनक अधिकारी लगायतले श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए ।

यस्तै, सँस्थाले प्रदान गर्ने दिर्घ साधना सम्मानबाट वरिष्ठ साहित्यकार तथा गीतकार डाक्टर डिआर उपाध्याय सम्मानित भएका छन् । उपाध्याय विश्वमा सबैभन्दा बढी कीर्तिमानी कायम गर्ने नेपाली हुन् ।

नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा द बेस्ट योङ एचिभ्मेन्ट अवार्डबाट सुनिल राणा, उत्कृष्ट पपुलर रियालिटी शोका लागि कमेडी क्लब विथ च्याम्पियन, एकेडेमिक एक्सिलेन्स अवार्डका लागि मिनिल्याण्ड इङ्लिस हाई स्कुल, उत्कृष्ट नायकका लागि प्रदीप खड्का, द योङ्गेस्ट अपरेशन डाईरेक्टर अफ द इयरबाट क्याप्टेन मनिष रत्न शाक्य, उत्कृष्ट रियालिटी शोको लागि द भ्वाइस अफ नेपाल, त्यसै गरि उत्कृष्ट गायकका लागि दीप श्रेष्ठ, उत्कृष्ट समाजसेवी संचिता अधिकारी, उत्कृष्ट संस्कृति तथा सामाजिक अभियान्ता अन्तर्राष्ट्रिय स्तरबाट भारतका डा. रुना शर्मा आत्रेय, उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकारिता अवार्ड भारतबाट प्रदीप फुटेला , उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का तथा द एजुकेशनल लिडरसिप एण्ड म्यानेजमेन्ट अवार्डबाट पुरुषोत्तम महर्जन सम्मानित भएका छन् ।

यस्तै, उत्कृष्ट भर्सटाईल अभिनेता कोशिश क्षेत्री, उत्कृष्ट द आउटस्टैण्डीगं एकडेमीक चेयरपर्सन केशवप्रसाद दङ्गाल, उत्कृष्ट गायिका अञ्जु, पन्त उत्कृष्ट मिडिया पर्सन ऋषि धमला, उत्कृष्ट मोडल शिशिर भण्डारी, त्यसै गरि द आउटस्टैण्डिङ्ग कन्टिव्यूसन ईन नेपाली म्यूजिक भिडियो सीताराम पोखरेल,द नेशनल एजुकेशनल हिरो अवार्ड सुदिप कार्की, द वेष्ट विजनेश पर्सन सुमन दाहाल,द ईमर्जिगं चेयरपर्सन ऋषि झा, द वेष्ट फिल्म जर्नालिष्टको अवार्ड बाट राज श्रेष्ठ सम्मानित भएका थिए ।

कार्यक्रममा अटिजम स्कूल अफ द ईयरको अवार्ड सेन्टर फर अटिजम नेपाल,द वेष्ट सोसिएल ईनफुलयन्सर अवार्ड भिम उपाध्याय,द वेष्ट भिडियो ईडिटर प्रविन श्रेष्ठ,द वेष्ट मिडिया विजनेस पर्सन हरि शरण सुवेदी, द वेष्ट ईभेन्ट अर्गनाईजर सन्तोष राज सहानी,द वेष्ट प्रिन्सीपल दिवस शाक्य, द वेष्ट सिनेम्याटोग्राफर निरज कंडेल, द वेष्ट ईन्टरनशेनल एक्ज्युकेटीभ सेफ ईन्टरनेशनल भावी खनाल, उत्कृष्ट गायक डायस्पोरा म्याक्स नेपाल, द वेष्ट फाईनान्सीएल लिटेसी अवार्ड माधव निर्दोष, द वेष्ट नेपाली सेफ अफ द इएर सुरेशचन्द्र बस्नेत, द वेष्ट प्लस टु कलेज अफ द इयर ग्लासिएर ईन्टरनेशनल कलेज, स्पेशल एचिभ्मेन्ट अवार्ड धर्मेन्द्र सापकोटा तथा वर्ष खेलाडीको रुपमा हेमा खड्कालाई अवार्ड प्रदान गरिएको हो ।

समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भीडमा भिन्न किसिमका अवार्ड आयोजना गरिने प्रयास गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइटेलले बताए ।

ग्यालेक्सी एक्सिलेन्स अवार्डको पहिलो संस्करणको उत्कृष्ट सफलता पछि भारत लगायत देश विदेशबाट आएको सकारात्मक प्रतिक्रिया यस संस्करणलाई पनि भव्य र सभ्य बनाउने चुनौतीका वीच यस कार्यक्रमलाई पनि फरक तवरले आयोजना गरिएको आयोजक कमिटि सदस्य रमा प्याकुरेलले बताईन ।

प्रमुख अतिथी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रिजालले सम्मान प्राप्त गर्नेलाई शुभकामना दिदै आफुले सोचेको भन्दा कार्यक्रम उत्कृष्ट लागेको बताए । यसका साथै, प्रमुख अतिथि रिजालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तित्वहरुलाई एक साथ अवार्ड तथा सम्मान गर्न पाउदा आफूलाई भाग्यमानी महसुस गरेको बताए ।

गीता एभिएसनका प्रमुख क्या.जनक अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माननिय कृष्ण प्रसाद यादव,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल,वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी , अमिष ढकाल, मोडल सोनाम श्रीवास्तवा ,नेपाल तथा भारतका पत्रकार तथा अतिथीहरुको वाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन दिनेश डिसीले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस