नयाँ वर्षको पहिला दिन कहाँको मौसम कस्तो ?

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो दिन आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शुक्रबार राति देशभर आंशिक बदली रहने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री