एनसेल भोल्टे सेवा अब आइफोनमा पनि

काठमाडाैँ । यो नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन्।

एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आइओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो।

कम्पनीका अनुसार दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। यसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ।

भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। एनसेलका ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।

एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ताले २८ दिनका लागि मान्य हुने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउने छन्। आइफोन ८ र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन्। यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स१७२०१ह्यास डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्ने छन्।

भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आइफोन प्रयोगकर्ता ग्राहकका लागि एउटा अर्को पनि योजना ल्याएको छ।

यो योजनाअन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले सात दिन मान्य रहने २ जिबी बोनस डेटा पाउँछन्। बोनस डेटा नेपालमा नै अवस्थित आइफोनको आधिकारिक विक्रेता मार्फत आइफोन किनेका ग्राहकका लागि लागू हुनेछ।

आइफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन्।

यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्छ। ई–सिम सुरू गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्नेछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्न कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

अरू ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई–सिम निःशुल्क लिन सक्ने छन्।

एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवा लिन सकिन्छ।

ग्राहकले यो सेवा लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस