सन्दीपको मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर आलमको वकपत्र गराउन आदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ । नावालीगलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्धको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाघीश शंकरराज बराजको इजलासले यस्तो आदेश दिएको हो । वादी पक्षका दुई जना साक्षीको वकपत्र नभएकोले तिनलाई बुझ्ने आदेश गरिपाऊँ भनेर निवेदन दिएकोले त्यही अनुसार आदेश दिएको हो । फास्ट ट्रयाकबाट सन्दीपको मुद्दा किनारा लगाउन गत १५ फागुनमा सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसैअनुसार मुघाको अन्तिम सुनुवाई हुन लागेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध १२ भदौमा ए किशोरीले जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दिएकी थिइन् । २० असोजमा लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दाको सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा रिहा गर्न १८ पुसमा आदेश दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री