एमाले सचिव भट्टको निवासमा पुगेर प्रचण्डले भने– याे घर आफ्नै ठानेर आएँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेर छलफल गरेका छन् । माआवादी अध्यक्षसमेत रहेको प्रचण्ड आज बिहान कैलालीको अत्तिरियामा रहेको भट्टको निवासमा पुगेर उनीसँग छलफल गरेका हुन् ।

पूर्व माओवादी समेत रहेका नेता भट्टसँग समसामयिक विषयमा कुराकानी गरेको प्रचण्डले बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने/बस्ने गर्थें,’ उनले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

नेता भट्ट माओवादी र नेकपा एमालेको एकीकरणपछि बनेको नेकपा विभाजन हुँदा एमालेतिर गएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री