काठमाडौँ । नेपालमा बसोबास गर्ने कुल परिवारमध्ये ३१ प्रतिशत परिवार महिलाले चलाउने गरेको पाइएको छ ।
शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा हाल ६६ लाख ६६ हजार ९३७ परिवार छन् । तीमध्ये ३१.५५ प्रतिशत परिवार भने महिलाले चलाउँछन् ।
जनगणनामा कम्तिमा १० वर्ष उमेर पुगेको र परिवारको व्यवहार चलाउने भूमिका निर्वाह गरिरहेको आधारमा घरमुली मानिएको छ ।
तपाईंको प्रतिकृया




