एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द

काठमाडौं । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको छ ।

बैंकले सूचना प्रकाशित गर्दै यस बैंकको कार्ड सेवा डेबिट–क्रेडिट र प्रिपेडको स्विच अपग्रेशन माइग्रेशन गर्नुपर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम–पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जनाएको छ ।

बैंकका अनुसार कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने छ । साथै उक्त सेवाअवरुद्ध समयमा आइपर्ने अत्यावश्यक कारोबारहरुका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।

बैंकले आफूले गर्न लागेको यस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस